सिरुटार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिरुटार
पूर्व गाविस
सिरुटार is located in बागमती प्रदेश
सिरुटार
नेपालको नक्सामा सिरुटारको अवस्थिति
सिरुटार is located in नेपाल
सिरुटार
सिरुटार (नेपाल)
निर्देशाङ्क: २७°४०′N ८५°२५′E / २७.६६°N ८५.४१°E / 27.66; 85.41निर्देशाङ्कहरू: २७°४०′N ८५°२५′E / २७.६६°N ८५.४१°E / 27.66; 85.41
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाभक्तपुर जिल्ला
जनसङ्ख्या
 • जम्मा४,७९०
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सिरुटार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, भक्तपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७९० रहेको थियो जसमध्ये २३०७ पुरुष र २४८३ महिला रहेका थिए भने यहाँ १०३३ घरधुरी रहेको थियो।[१][२]

इतिहास[सम्पादन गर्नुहोस्]

प्राकृतिक रूपमा रमणीय सिरुटारको नाम सिरु नामको घाँसको नामबाट रहेको मानिन्छ। सिरु सुख्खा जमीनमा हुने कडा डाँठ र लामा लामा पात हुने घाँस हो। टार भन्नाले वरिपरि खोलाले घेरिएको उठेको भाग भन्ने बुझिन्छ। यस अर्थमा सिरु घाँस धेरै पाइने टार भएको हुँदा यो गाउँलाई सिरुटार भनिएको हो भन्ने यहाँका स्थानीयवासीको बुझाई छ। तर अहिले गाउँका केही भागमा बाहेक अन्यत्र यो घाँस उमि्रएको पाईंदैन

किंवदन्ती[सम्पादन गर्नुहोस्]

सिरुटारका बारेमा प्रचलित एउटा किंबदन्ती यस्तो पनि छ।

“धेरै वर्ष अगाडिको कुरो हो। यस ठाउँमा छिमेकी गाउँहरूको तुलनामा अलि बाक्लै वस्ती थियो। खेतीबाट उब्जनी पनि राम्रो हुने गर्दथ्यो। यहाँ एक जना राजाको ठूलो दरबार र दरबारको एउटा राम्रो बगैचा पनि थियो। सो दरबार र बगैचालाई चारैतिरबाट ठूलो पर्खालले घेरिएको थियो। त्यसैले यस ठाउँलाई नेवारी भाषामा स्वाँगा वा बगैचा भन्ने गरिन्थ्यो। सो दरबारको सेवकको रूपमा नेवार जाति पनि बस्थे। राजथला थरका ती आदिवासीका सन्तान केही मात्रामा अहिले पनि रहेका छन्। पछि केही आकस्मिक कारणले यहाँका मानिसहरू अन्यत्र बसाई सर्न थाले र उब्जनी पनि राम्रो भएन। सतीले रिसाएर यस ठाउँमा घाँस मात्र उमि्रयोस् भनेर श्राप दिइन्। त्यस कारण यहाँ सिरु उम्रन थाल्यो। र पछि ठाउँको नाम नै सिरुटार रहन गयो। पछि अन्य ठाउँबाट विभिन्न जातिका मानिसहरू आएर बस्ने थाले र कालान्तरमा अहिलेको सिरुटार बन्न पुगेको हो।”

स्थलहरु[सम्पादन गर्नुहोस्]

चरखण्डी

सिरुटार गाविसका विभिन्न महत्त्वपूर्ण स्थलहरूमध्ये एक हो चरखण्डी।

चरखण्डी सिरुटारको दक्षिणी भेगमा छिमेकी गाविस दधिकोटसँगको सिमानामा पर्दछ। चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई गरेको काम सफल हुने जनविश्वास रहेको छ। किम्वदन्ती अनुसार सिकारीले मारेको भंगेरा चरखण्डीको पोखरीमा डुब्दा पुनः जीवित बनेको भनाइ छ। यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बुढापाका बताउँछन्। यहाँ प्रत्येक वर्षको पहिलो दिन अर्थात बैशाख १ गते ठूलो मेला लाग्ने गर्दछ। मेलामा घरघरबाट पूजा लैजाने गरिन्छ भने कतिपय मन्दिरपरिसरमा शरीरमा बत्ती बालेर बस्ने गर्दछन्। शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवम् पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ।

सिरुटारका अन्य धार्मिक स्थल[सम्पादन गर्नुहोस्]

  • गुप्तेश्वर महादेव (सिरुटार, बालकोट र टिकाथलि गाबिसको संगमस्थल)
  • ढल्यापीपल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति