ढाँचा:उच्च प्रदर्शित लेख/२०१७-०५-१०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। उहाँ कुनै शान्ति दुत थिएन।उहाँले सद मार्गको मार्गदर्शक हुनुहुन्थ्यो।

[१] पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ ।[२] तथापि सिद्धार्थ बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनी= मा भएको थियो ।[३] उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे। भगवान गौतम बुद्धको इतिहास अनुसार उनी त्रिकल्पसम्म हजारौं पुर्व जन्महरुमा बोधिसत्व भएकोले मानिसको दुःखको कारण र दुःखको निवारण के हुन सक्छन् भन्ने कुरामा निकै संबेदनसिल थिए। केही न केही मार्ग त अवस्य हुन सक्छ भन्ने प्रश्नोत्तर अधुरो र धुलमिल रुपमा उनको मनमा आभाष भइसकेको थियोे । कठिन ध्यान र खोजको माध्ययमबाट दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी राजकुमार सिद्धार्थ भारतको विभिन्न ठाउँमा छ वर्षसम्म महान तपस्या गर्नुभयो। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उहाँ सम्यक सम्बुद्ध हुनुभयो। त्यसपछि शेष ४५ वर्षसम्म उहाँ भारत र नेपालका बिभिन्न ठाउँ पुग्नुभइ दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञानको धर्मचक्र प्रवर्तन गर्नुभयो। (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः गौतम बुद्ध, उच्च प्रदर्शित मिति: २०१७-०५-१०, जम्मा पृष्ठ दृश्य ‍- ३०९
  1. L. S. Cousins (1996), "The dating of the historical Buddha: a review article", Journal of the Royal Asiatic Society (3)6(1): 57–63.
  2. The Date of the Historical Śākyamuni Buddha (२००३) सम्पादन: A. K. Narain. B. R. Publishing Corporation, New Delhi. ISBN 81-7646-353-1.
  3. नेपालको इतिहास र संस्कृति