कलियुग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कलि युग सनातन(हिन्दु) शास्त्र अनुसार चार मध्येको अन्तिम युग हो। यो युगमा मानिसहरूको चरित्र बिग्रने सभ्यताको नाममा नया समस्याहरू जन्मने भनेर शास्त्रहरूमा उल्लेख गरिएको छ। यो द्वापर युगको अन्त्य पछि सुरुहुन्छ र यसको अन्त्यसँगै सारा संसारमा पापी हरु को नाश भइ नयाँ संसारको सृजना हुने विश्वास गरिन्छ। हामी अहिले बाचीरहेको युग कलि युग हो भनेर विश्वास गरिन्छ । कलियुगको अर्थ कला (विज्ञान)बाट चल्ने अथवा विज्ञानबाट अघी बढ्ने युग भन्ने बुझिन्छ । अहिलेको युगमा कला नै अघी बढेको देखिन्छ जस्तै यो हामीले पढिरहेको र सम्पादन गरिरहेको पनि एक कला नै हो । यो युग को अन्तिममा सबै व्यक्तिहरु केवल भोग र लोभ मात्र चाहन्छन् । आफन्त ले आफन्तलाई चिन्दैनन् । नाता भन्ने कुरा समाप्त हुने छ । यो युग राजा परीक्षित को राज्यबाट सुरु भएको मानिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

चार युग
(१,७२८,००० वर्ष)सत्य युग
(१,२९६,००० वर्ष) त्रेता युग
(८६४,००० वर्ष)द्वापर युग
(४३२,००० वर्ष)कलि युग

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]