उत्तरकन्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तरकन्या
पूर्व गाविस
उत्तरकन्या is located in गण्डकी प्रदेश
उत्तरकन्या
नेपालको नक्सामा उत्तरकन्याको अवस्थिति
उत्तरकन्या is located in नेपाल
उत्तरकन्या
उत्तरकन्या (नेपाल)
निर्देशाङ्क: २८°१४′N ८४°२५′E / २८.२३°N ८४.४२°E / 28.23; 84.42निर्देशाङ्कहरू: २८°१४′N ८४°२५′E / २८.२३°N ८४.४२°E / 28.23; 84.42
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ जिल्ला
जनसङ्ख्या
 • जम्मा१,०९२
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

उत्तरकन्या नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०९२ रहेको थियो जसमध्ये ४९२ पुरुष र ६०० महिला रहेका थिए भने यहाँ २८१ घरधुरी रहेको थियो।[१][२]व लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने यस गाउँ विकास समितिमा रहेको घलेगाउँ दक्षिण एसियाकै नमुना गाउँको रूपमा समेत परिचित छ।[३] यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव वस्ती हो। परम्परागत गुरुङ सस्कृती, घाँटु, सोरठी, सेर्गा नाच, नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ सङ्ग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको घरबास आदिका लागि यस गाउँ परिचित छ।[४] गुरुङ संस्कृतिको ज्वलन्त चित्रण सङ्ग्राहलयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ माघ २२ गते उद्घाटन गरेकी थिइन्।[३]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. ३.० ३.१ "पर्यटक लोभ्याउँदै घले गाउँ ; प्रकृति र संस्कृतिको अनुपम उपहार"खरिबोट। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  4. "पर्यटकीय क्षेत्र उत्तरकन्या पूर्ण सरसफाइ गाउँ"नागरिक दैनिक। सङ्ग्रह मिति २५ नोभेम्बर २०२०