सामग्रीमा जानुहोस्

अत्तरपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अत्तरपुर
पूर्व गाविस
अत्तरपुर is located in बागमती प्रदेश
अत्तरपुर
नेपालको नक्सामा अत्तरपुरको अवस्थिति
अत्तरपुर is located in नेपाल
अत्तरपुर
अत्तरपुर (नेपाल)
निर्देशाङ्क: २७°४१′N ८५°५४′E / २७.६८°N ८५.९०°E / 27.68; 85.90निर्देशाङ्कहरू: २७°४१′N ८५°५४′E / २७.६८°N ८५.९०°E / 27.68; 85.90
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक जिल्ला
जनसङ्ख्या
 • जम्मा२,१८२
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

अत्तरपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २१८२ रहेको थियो जसमध्ये १०३४ पुरुष र ११४८ महिला रहेका थिए भने यहाँ ४६४ घरधुरी रहेको थियो।[१][२]

अत्तरपूर गाविस जिल्लाको दक्षिणपूर्वीमा अवस्थित गाविस हो। गाविसको पूर्वी सिमानामा ठूलो धादिङ गाविस र रामेछाप जिल्ला पर्दछ भने पश्चिममा ठूलोपाखार दक्षिणमा लिसंखु गाविस पर्दछ। जिल्ला सदरमुकामबाट ७ कोष टाढा पर्ने यस गाविसले करिव २३।३४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यस गाविसमा अधिकांश नेवार र तामाङ जातिको बसोबास रहेको छ। औसत हावापानी भएको यस गाविसको प्रमुख कृषि बाली आलु धान मकै कोदो तथा फापर हो। गाविसका अधिकांश जनताहरू कृषि पेशामा निर्भर छन्। यस गाविसमा यातायातको सुविधा छ। विसं २०५८ सालको जनगणना अनुसार यस गाविसको जनसङ्ख्या १६०९ छ भने ३०५ घरधुरी छन्। तौथली थुम अन्तर्गत पर्ने अत्तरपुरको प्रशिद्ध स्थलमा ताम्चेको नाउँ अगाडि छ। समष्टि दृश्यावलोकनका लागि ताम्चे निकै नै प्रसिद्ध स्थल हो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. "फुल्पिङडाँडा", merosindhu.com, अन्तिम पहुँच २०११-०७-३०  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०९-११ मिति