हरिश्चन्द्र न्यौपाने
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– एक वास्तविक व्यक्तिको बारेमा रहेको र लेखले विषयको महत्त्व वा विश्वसनीयतालाई नदर्साएको–पूरा गर्नसक्छ। नोट गर्नुहोस् यो मापदण्ड केवल मानिस आफ्नै बारेका लेखहरूमा लागू हुन्छ, तिनीहरूको पुस्तकहरू, एल्बमहरू, कार्यक्रमहरू, सफ्टवेयर, इत्यादिको बारेका लेखहरूमा लागू हुँदैन। हेर्नुहोस् शीमे ले७।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ। लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: पर्वत सुबेदी (योगदान • लग) समय: १७:४८, १२ जुन २०२४ (UTC) (५ घण्टा समय) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
कोशकार प्रा. हरिश्चन्द्र उपाध्याय न्यौपानेको जन्म विक्रम संवत १९६४ भाद्र ८ गते शनिवार भक्तपुरको झौखेल गाउँ विकास समिति वडा नं. ४मा भएको हो । उनका पिताको नाम पं. नन्दिकेश्वर उपाध्याय न्यौपाने र माताको नाम गङ्गादेवी हो ।
शिक्षा[सम्पादन गर्नुहोस्]
न्यौपानेले अनौपचारिक शिक्षा घरैमा लिए । उनले प्रथमा, मध्यमा भारतको बनारसमा गरे । बनारसकै गभर्नमेण्ट संस्कृत कलेजबाट शास्त्री सके र सन् १९४७ मा साहित्याचार्य पूरा गरे ।
कोशको काम र प्राध्यापन[सम्पादन गर्नुहोस्]
पढाइ सकेपछि उनलाई नेपालमा काम दिइयो । उनले वि.सं. २००५ भाद्र २१ देखि २०१८ फागुनसम्म नेपाली भाषा प्रकाशिनी समितिअन्तर्गतको नेपाली भाषानुवाद परिषद्को मुख्य पण्डित पदमा रहेर काम गरे । उक्त पदमा पदाधिकार राखी समय-समयमा नेपाली भाषा प्रकाशिनी समिति, नेपाल राष्ट्रिय पुस्तकालय र नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश निर्माणसम्बन्धी योजनामा सेवा प्रदान गरे । वि.सं. २०१८ फागुनदेखि २०३४ मार्ग १६ गते सम्म प्राध्यापन गरे । उनले दरबार कलेज, त्रि-चन्द्र कलेज र वाल्मीकि क्याम्पसलगायत तत्कालीन समयमा निजी क्षेत्रबाट सञ्चालित नेपाल नेशनल कलेज (शंकरदेव क्याम्पस) र सरस्वती कलेजसमेतमा पढाए । उनलाई राजगुरुका रूपमा चिनिन्छ । उनले तत्कालीन बडामहारानीहरू एवं अधिराजकुमारी क्रमशः ऐश्वर्य, कोमल र प्रेक्ष्यालाई विवाहअघि र विवाहपछि नेपाली र संस्कृत विषयको शिक्षा दिए । ऐश्वर्यका छोराछोरीहरू दीपेन्द्र, श्रुति र नीराजनसमेतलाई दरबारमै गइ पढाए ।
सम्मान[सम्पादन गर्नुहोस्]
उनलाई २०४१ पुस १४ मा गोरखा दक्षिणबाहु चौथा, २०४४ पुस १४ मा गोरखा दक्षिणबाहु तेश्रा र २०५३ पुस १४मा विख्यात त्रिशक्ति पट्टसमेत मिल्यो । उनले शुभ राज्याभिषेक पदक, गद्दी आरोहण रजत महोत्सव पदक पाए । २०५७ जेठ ३ मा डा. बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार पनि प्राप्त गरे । उनले अरु धेरै सम्मान पाए ।
निधन[सम्पादन गर्नुहोस्]
२०६४ असोज २१ गते सोमवार दिनको २.५० बजे उनको काठमाडौंमा निधन भयो ।