सगोत्री
स्वरूप
सगोत्री[सम्पादन गर्नुहोस्]
सगोत्री भनेको दुई थरको गोत्र एउटी पर्न जानु हो। सगोत्री तब भनिन्छ जब हामी आफ्नो थरको गोत्र र दोस्रो व्यक्तिको थरको गोत्र एउटी हुन पुग्छ। यसलाई सरल भाषामा भन्नु पर्दा सगोत्री अर्थात आफ्नो गोत्रमा मेल हुनु हो।
उदाहरण[सम्पादन गर्नुहोस्]
उदाहरणको लागि
- आचार्य र पराजुली सगोत्री हुन किनकि यी दुवै थरहरूको गोत्र कौडिन्य गोत्र हो।
- निरौला र पन्त सगोत्री हुन किनकि यी दुवै थरहरूको गोत्र भारद्वाज गोत्र हो।
सगोत्री जाँचको आवश्यकता[सम्पादन गर्नुहोस्]
सगोत्री प्राय विवाह मिलनको लागि हेरिन्छ। एउटै गोत्र हुनुको अर्थ एउटै ऋषिको वंशजको परिवारमा हुनु हो। सगोत्रीसङ्ग विवाह अथवा सम्भोग गरेमा महापाप लाग्ने शास्त्र तथा गरुढ पुराणमा उल्लेख गरिएको छ।