सामग्रीमा जानुहोस्

शिवाजी साटम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिवाजी साटम
शिवाजी साटम
जन्म (1950-04-21) २१ अप्रिल १९५० (उमेर ७४)[१]
मुम्बई, भारत
राष्ट्रियताभारतीय
अन्य नामशिवा
पेशाअभिनेता
कार्यकाल१९८०-हालसम्म
चिनारीको कारणएसीपी प्रद्युम्न (हिन्दी धारावाहिक सीआईडी)
जीवनसाथीअरुणा साटम

शिवाजी साटम (मराठी: शिवाजी साटम) (जन्म २१ अप्रिल १९५०) एक भारतीय टेलिभिजन र फिलिम अभिनेता हुन् । पूर्व बैङ्क अधिकारी रहेका साटम धेरै हिन्दी र मराठी फिल्महरूमा देखा पर्नुभय ।[२]

प्रारम्भिक जीवन र करियर[सम्पादन गर्नुहोस्]

शिवाकी साटम एक मराठी भाषी परिवारमा जन्मिएक थिए। उनले रसायन विज्ञान मा स्नातक पूरा गरे र पछि उनले बिजनेस एडमिनिस्ट्रेशन मा डिप्लोमा पनि गरे। उनले वर्ली नाका शाखामा बैङ्क क्याशियर को रूपमा देना बैङ्कमा रोजगारी गरेर आफ्नो व्यावसायिक क्यारियर सुरु गरे। बैङ्कमा काम गर्दा गर्दै उनी थिएटरसँग पनि सम्बन्धित रहे र अभिनय गर्न सुरु गरे। उनले आफ्नो पहिलो प्रमुख ब्रेक एक अभिनेता को रूपमा पाए जब उनले थियेटर मा एक भूमिका निभाए जो पौराणिक मराठी थिएटर अभिनेता बाल धुरी द्वारा प्रदान गरिएको थियो। हिन्दी धारावाहिक सीआईडी मा एसीपी प्रद्युम्न को भुमिका मा जब उनी आए त्यस्पछी उनलाई सबैले चिन्न थाले र प्रसिद्धि कमाए । [३] उनले १९९८ मा श्रृंखलामा काम सुरु गरे र हाल यो कार्यक्रम बन्द छ ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "शिवाजी साटम जिवनी", अन्तिम पहुँच जनवरी १२ २०१९ 
  2. "टेलिचक्कर शिवाजी साटम जिवनी", अक्टोबर २४, २०१८, अन्तिम पहुँच जनवरी १२ २०१९ 
  3. "सेलिब्रिटी शिवाजी साटम जिवनी", अन्तिम पहुँच जनवरी १२ २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-२१ मिति
  4. "सीआईडी ​​बन्द भयो", अक्टोबर २४, २०१८, अन्तिम पहुँच जनवरी १२ २०१९