सामग्रीमा जानुहोस्

फिक्कल बजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिक्कल बजार
पूर्व गाविस
फिक्कल बजार is located in कोशी प्रदेश
फिक्कल बजार
नेपालको नक्सामा फिक्कल बजारको अवस्थिति
फिक्कल बजार is located in नेपाल
फिक्कल बजार
फिक्कल बजार (नेपाल)
निर्देशाङ्क: २६°५८′N ८७°४४′E / २६.९७°N ८७.७३°E / 26.97; 87.73निर्देशाङ्कहरू: २६°५८′N ८७°४४′E / २६.९७°N ८७.७३°E / 26.97; 87.73
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
जनसङ्ख्या
 • जम्मा११,२६४
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

फिक्कल बजार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११२६४ रहेको थियो जसमध्ये ५५६८ पुरुष र ५६९८ महिला रहेका थिए भने यहाँ २६९१ घरधुरी रहेको थियो।[१][२]


फिक्कल इलाम जिल्लाको पूर्वी भेकमा अवस्थित एक व्यापारिक केन्द्र हो। यो सूर्योदय नगरपालिकामा पर्दछ। इलामको पूर्वी ब्यापारिक केन्द्र फिक्कल जिल्लाकै महत्त्वपूर्ण स्थान हो। जिल्लाका पूर्वी करिव दुई दर्जन गाउा विकास समितिका किसानले उत्पादन गरेको अलैँची, अदुवा, कुचो, दूध, मटर, सागसब्जी र अन्य नगदेबाली बिक्री गर्ने यो बजार पर्यटनका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ। प्रायः गरी चिसो हावापानी भइरहने फिक्कल बजार भारतीय सीमावर्ती पशुपतिनगरबाट ११ किलोमिटरको दुरीमा पर्छ। सदरमुकामबाट करिब ४३ किमी टाढा रहेको यो बजारमा पर्यटकका लागि आवास र घुम्ने स्थानहरू पनि छन्।

दाजिलिङ्ग भएर नेपाल आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकका लागि फिक्कल आवासस्थल हो। नेपालबाट भारतको दार्जिलिङ्ग घुम्न जाने नेपालकै पश्चिमी जिल्लाका पर्यटकहरू पनि फिक्कल भएर जाने गरेका छन्। कन्याम आएका पर्यटकहरूको बस्ने ठाउा पनि फिक्कल नै हो। कन्याम पर्यटकीय भएपनि आवास सुविधा नभएको क्षेत्र हो। यहाा आउने पर्यटकहरू फिक्कलमा एक दुई–रात बस्न मन पराउाछन्। मारबाडीहरूको बसोबास रहेको यो बजारमा स्थानीय ब्यापारी पनि छन्। कपडा, भााडाकुाडा लगायतका सामग्रीको बिक्री हुने फिक्कलमा कृषिजन्य बस्तुको कारोबार नै सवैभन्दा बढी हुने गर्दछ। इलाम सदरमुकामबाट झापाको विर्तामोड, विराटनगर, धरान, काठमाडौँ, पोखरा लगायतका स्थानमा जाने सवारीका साधन फिक्कल भएरै जाने गर्दछन्। पर्यटक, ब्यापारी र यात्रु तथा सर्वसाधारणको सधैं चहलपहल भइरहने फिक्कल बजार सधै भीड भइरहने बजार हो। विहीबार हाट लाग्ने यो बजारबाट भारतीय बजार नजीकै परेका कारण भारतीय रूपैयााको बढी कारोबार हुने गरेको छ। झापाको धुलाबारी, विर्तामोड, शनिश्चरे लगायतका बजारहरूबाट समेत हाटको दिन बिक्रीका लागि ब्यापारीहरू यहाँ आउने गर्छन्। पर्यटकहरूलाई बस्नका लागि सुविधासम्पन्न होटलहरू नभएपनि यहाँका केही राम्रा होटलहरूमा सधैं पर्यटककै चहलपहल हुने गर्छ। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. घुम्ने होइन त इलाम?[dead link]