नेपाल ल क्याम्पस
नेपाल ल क्याम्पस | |
---|---|
स्थापक | प्रो. राम राज पन्त |
स्थापना | वि.सं. २०११ |
पाठ्यक्रम | कानुन |
संकाय | कानुन, त्रिभुवन विश्वविद्यालय |
स्थापना कालको नाम | नेपाल ल कलेज |
ठेगाना | प्रदर्शनी मार्ग, काठमाडौँ, नेपाल |
नेपाल ल क्याम्पस त्रिभुवन विश्वविद्यालय, कानुन संकाय अन्तर्गतको पहिलो शिक्षालय हो, जसको स्थापना नेपाल ल कलेजको नाममा गरिएको थियो। बि. सं. २०११ मा यसको स्थापना प्रो. राम राज पन्तको नेतृत्वमा भएको थियो र उनी त्यसका संस्थापक अध्यक्ष प्रिन्सिपल पनि थिए। नेपालकै सबै भन्दा ठूलो र पुरानो कानुन अध्ययन र अध्यापन गर्ने थलोको रूपमा रहेर यो संस्थाले देशमा कानुन र न्यायिक पद्दतीको विकास गर्नमा पनि उल्लेख्य भुमिका खेलेको छ। यस संस्थाबाट स्नातक भएकाहरूले नेपाल भित्र एवं अन्तरराष्ट्रिय क्षेत्रमा न्यायिक, सरकारी र गैर-सरकारी क्षेत्रमा पुराएको योगदानको ठूलो इतिहास छ।
कार्यक्रमकरु[सम्पादन गर्नुहोस्]
- बि.ए.एल.एल.बि : ५ वर्षे
- एल.एल.बि : ३ वर्षे
- एल.एल.एम : २ वर्षे
- एल.एल.एम : ३ वर्षे[१]
नेपाल ल क्याम्पसका केही उल्लेखनीय स्नातकहरु -[सम्पादन गर्नुहोस्]
- सुवासचन्द्र नेम्बाङ, अध्यक्ष, संविधान सभा २०६४
- सूर्य सुबेदी, प्राध्यापक, अन्तरराष्ट्रिय कानुन, लिड्स विश्वविद्यालय, संयुक्त अधिराज्य