सामग्रीमा जानुहोस्

ज्योती मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्योती मगर
जन्मज्योती मगर
नुवागाउँ, रोल्पा
वासस्थानकाठमाडौँ, नेपाल
पेशागायिका, मोडल

ज्योती मगर नेपाली चलचित्र क्षेत्रको गायिका तथा मोडल हुन्। उनको जन्म रोल्पा जिल्ला[१]को नुवागाउँ गाविसमा भएको थियो । उनी विसं २०६३बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

ज्योती मगरको जन्म रोल्पा जिल्लाको नुवागाउँ गाविसमा भएको थियो, पछि उनी सानै हुँदा उनको परिवार दाङमा बसाई सर्यो । उनको परिवारमा बुवाआमा लगायत एक जना भाइ एक जना बहिनी छन्। उनि एकदमै रमाईलो स्वभाव कि छन् र मनमा आएको सबै कुरा नलजाई भन्छिन्। उनले दाङबाट एसएलसी पास गरिन् र प्रविणता प्रमाणपत्र तह सुरु गरिन तर पढाई बिचमा नै छाडेर उनी सांगीतिक क्षेत्र तिर लागिन ।[२]

करियर[सम्पादन गर्नुहोस्]

प्रारम्भमा डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतीले काठमाडौँ आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरिन् ।[१] विसं २०६३ मा उनले पहिलो गिती एल्बम रेकर्ड गरिन तर उक्त एल्बम मञ्चन नै भएन । उनको दोस्रो र तेस्रो गिती एल्बम माया सँगउही मुलाको सिन्की उही मुलाको चाना बजारमा आए पछि उनी चर्चामा आइन् । उनी अझैं चर्चामा आउनुको कारण उनको 'ढाडे बिबिरालो'नामक गीत रहेको छ जसमा उनले एकदमै अश्लीलता झल्किने खालको अभिनय गरेकी छिन् ।[स्रोत नखुलेको] त्यस यता पनि उनका थुप्रै अश्लीलताले भरिपूर्ण म्यूजिक भिडियोहरू बजारमा आईरहेका छन् र खुबै चर्चा पनि पाईरहेका छन्[स्रोत नखुलेको] तर सकारात्मक चर्चाभने कमान सकेका छैनन् तर पनि उनले त्यसलाई नै सफलता ठान्दै अघि बढीरहेको पाईन्छ । [२]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ niloaakash.com[dead link]
  2. २.० २.१ "Jyoti Magar", Wikinepal.org, २०१५-०४-२२।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-१६ मिति

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]