खोटेहाङ गाउँपालिका
खोटाङ जिल्लाको एउटा गाउँपालिका हो । साबिकका ९ वटा गाविस मिलेर यो गाउँपालिका निर्माण भएको हो। यस गाउँपालिकामा हाल ९ वटा वडाहरू रहेका छन्। ती ९ ओटा गाविसहरु निम्नानुसार छन् [१]:
- लिकुवा पोखरी–१,
- वाप्लुखा–२,
- सावाकटहरे–३,
- वड्का दियाले–४,
- चिप्रिङ–५,
- इन्द्रेणी पोखरी–६,
- खोटाङ बजार–७,
- सिम्पानी–८ र
- लिच्किराम्चे–९[२]
यो खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट करिब ९५ किलोमिटर दक्षिण तर्फ ४२९५ फिट उचाइमा १६४.०९ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरूमा दक्षिण तर्फ जन्तेढुंगा र बराहा पोखरी गाउँपालिका, उत्तर तर्फ दिप्रुङ र साकेला गाउँपालिका रहेका छन् । त्यस्तै पूर्व तर्फ भोजपुरको रामप्रसाद गाउँपालिका र टेम्के मैयुम गाउँपालिका रहेकाछन् भने पश्चिम तर्फ उदयपुरको रौतामाई गाउँपालिका रहेको छ ।[३]
यो खोटाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । गाउँ कार्यपालिकाको कार्यालय वडा नं ७ अन्तर्गत खोटाङ बजारमा रहेको छ ।
यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने गाउँपालिकाबाट उत्तर तर्फ रहेको ४ नं. वडामा अवस्थित सोलढुङ्गा, ६ नं. वडामा रहेको इन्द्रेणी पोखरी डाँडा र २ नं. वडाको मुलडाँडा सेल्मे कपासे भञ्जयाङ अत्यन्तै सम्भावना बोकेको पाइन्छ [४]। त्यति मात्र हैन गाउँपालिकाबाट उत्तर तर्फमा अवस्थित रानीबन पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ । यस गाउँपालिकामा विशेष गरेर राई जातिको वाहुल्यता रहे पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमाई, सार्की, मगर साथै थामी जातिको पनि वसोवास रहेको छ । यस गाउँपालिकाको जम्मा जनसंख्या २३,७३१ रहेको छ भने जसमध्य पुरुष ११,५७७ र महिला १२,१५४ रहेको छ । यस गाउँपालिकाका बासिन्दाहरू अधिकाम्स कृषी पेशामा निर्भर रहेका छन भने केही मात्रामा सरकारी नोकरी, व्यापार, व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मी पेशामा निर्भर रहेका छन् ।
यो गाउपालिका गठन भएपछि भएको पहिलो निर्वाचनबाट अहिले यसको सञ्चालन गर्न अध्यक्ष प्रदिप राई, उपाध्यक्ष कविता राई लगायत नौ जना वडा अध्यक्ष र सदस्यहरु हुनुहन्छ । वडा र वडा अध्यक्ष तथा सदस्यहरूको विवरण निम्नानुसार छ:
वडा नं १ - लिकुवा पोखरी जनसंख्या : जम्मा २३१३ ,पुरुष : ११७३, महिला : ११४० वडा सम्पर्क नं ९८६१८४६८७७
वडा नं. २ वाप्लुखा [५][सम्पादन गर्नुहोस्]
वडा अध्यक्ष : दिपेन राई फोन नं : ९८६१२१९९८८
वडा सदस्यहरु महिला सदस्य : पेमछिकी शेर्पा फोन नं. : ९७४६११२८०६
दलित महिला सदस्य : सम्झना वि.क. फोन नं. : ९८४३०७२९२४ सदस्य : पारस राई फोन नं : ९८६००९८४४६
सदस्य : भिम बहादुर खड्का फोन नं : ९७४२६५३५८८
वडा सचिव: उपेन्द्र राई फोन नं : ९८५२८४०२०६
जनसंख्या : २४२४ ,पुरुष : १२५०, महिला : ११७४ वडा सम्पर्क नं ९८६१२१९९८८