सामग्रीमा जानुहोस्

खस समावेशी राष्ट्रिय पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खस समावेशी राष्ट्रिय पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष युवराज कार्की हुन्। खस समावेशी राष्ट्रिय पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको शंखमुलमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह ढाल-तरवार थियो।[१] खस समावेशी राष्ट्रिय पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ६,०३५ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १५,२२५ मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०