खप्से
स्वरूप
वैकल्पिक नामहरू | झेरो |
---|---|
प्रकार | रोटी |
उत्पत्ति स्थान | तिब्बत |
मुख्य सामग्रीहरू | पिठो, फुल, नौनी, चिनी |
खप्से, खाप्से वा झेरो एक तिब्बती/शेर्पा रोटी हो जुन पारम्परिक रूपमा तिब्बती/शेर्पाको नयाँ वर्ष वा ल्होसारमा बनाइने गरिन्छ । खप्से मैदामा चिनी, नुन, दुध र घिउ मिसाएर विभिन्न आकारमा बनाएको रोटी हो ।[१]
खप्सेलाई बनाउँदा यसलाई हलुको पहेंलो हुँदा सम्म घिउमा तार्ने गरिन्छ । यो सामान्यतया घरमै बनाइने गरिन्छ, तर यो ल्होसारको समयमा अथवा त्यसभन्दा पहिले भारत, भुटान र नेपालको निर्वासित समुदायको विभिन्न रेस्टुरेन्टमा उपलब्ध हुन्छ ।[२]