कामना विष्ट
व्यक्तिगत जानकारी | |
---|---|
जन्म नाम | कामना |
पुरा नाम | कामना विष्ट |
Nickname(s) | नेपालकी भलिबल क्विन |
राष्ट्रियता | नेपाली |
जन्म | वि.स. २०५६ साल पुस १७ गते खलङ्गा, जाजरकोट जिल्ला |
उचाइ | ५.८ फिट |
तौल | ५८ केजी |
खेल | |
राष्ट्र | नेपाल |
खेल | भलिबल |
क्लब | नेपाल पुलिस क्लब |
टोली | नेपाल पुलिस क्लब |
पदक कीर्तिमान |
कामना विष्ट एक नेपाली महिला भलिबल खेलाडी हुन्। उनको जन्म वि.स. २०५६ साल पुस १७ गते भएको थियो[१]। कामना विष्ट हाल नेपाल पुलिस क्लबबाट क्लब स्तरीय भलिबल प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछिन्।
नेपाल भलिबल संघले पहिलो पटक भलिबल विकासमा योगदान पुर्याउने खेलाडी र प्रशिक्षकलाई सम्मानका लागि आयोजना गरेको एनभीए वर्ष पुरस्कार २०७४ अन्तर्गत उनले उदयीमान महिला खेलाडीको पुरस्कार जितेकी थिइन्[२]।
प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]
कामना बिष्टको जन्म २०५६ साल पुस १७ गते जाजरकोट जिल्लाको खलङ्गामा भएको थियो। कामनाको बुबाको नाम हरिहर बिष्ट र आमाको नाम लक्ष्मी बिष्ट हो। हाल कामना भलिबल खेलाडी भए पनि पहिले खासमा एथ्लेटिक्सकी खेलाडी थिईन्[३]।
खेल जीवन[सम्पादन गर्नुहोस्]
कामना बिष्ट विभागीय टिम नेपाल पुलिस क्लबकी भरपर्दो खेलाडी हुन्, भने नेपाली भलिबलको भविष्य समेत हुन्[४]। सातौँ राष्ट्रिय खेलकुद २०७३ उनले सहभागीता जनाएको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता थियो। उनले मध्यपश्चिमबाट खेलेकी थिईन्। उनले यसै राष्ट्रिय खेलकुदमा गरेको उत्कृष्ट प्रदर्शनीकै कारण नेपाल पुलिस क्लबमा आबद्ध हुन सफल भएकि थिइन्।
उपाधिहरू[सम्पादन गर्नुहोस्]
नेपाल पुलिस क्लब[सम्पादन गर्नुहोस्]
- ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता
- विजेता(१):२०७५
सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]
- ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता २०७५ उत्कृष्ट खेलाडी
- एनभिए उदयीमान महिला खेलाडी:२०७४[५],
सन्दर्भ सामाग्रीहरु[सम्पादन गर्नुहोस्]
- ↑ "भलिवल खेलवाट जाजरकोटलाई चिनाउने सोचमा छन कामना बिष्ट", digitalsanchar.com, अन्तिम पहुँच २०७५/८/१९।[dead link]
- ↑ "खेल मैदान नै नभएको ठाँउका खेलाडीले पाए वर्ष उदयमान अवार्ड", ujyaaloonline.com, अन्तिम पहुँच २०७४ माघ ११। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-०१ मिति
- ↑ "भलिबलकी क्विन कामना", खेलपाती।[dead link]
- ↑ "भलिवल खेलमा उदाउँदै जाजरकोटकी कामना विष्ट", choicekhabar.com, अन्तिम पहुँच शुक्रबार, मंसिर २१, २०७५।[dead link]
- ↑ "बहादुर उत्कृष्ट खेलाडी, एपीएफ र आर्मी उत्कृष्ट टिम घोषित", pahilopost.com, अन्तिम पहुँच ८ माघ २०७४।