हिमपहिरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हिम पहिरोबाट अनुप्रेषित)
सगरमाथा नजिकै हिमालयमा हिमपहिरो।

हिमपहिरो वा हिमस्खलन हिउँले ढाकिएको ढलान वा सतहमा तीव्र गतिमा हिउँको मोटो पत्र तल खस्ने प्राकृतिक क्रिया हो। यो सामान्यतया कुनैपनि उच्च क्षेत्रमा उपस्थित हिउँको बाक्लो पत्रमा अचानक अस्थिरता आएपछि सुरु हुन्छ। हिउँमा पहिरो गएपछि ढलान तर्फ हिउँ खस्दा यसले तीव्रता बनाउँदै बरफका अन्य भागहरूलाई समेत यसले तल ल्याइपुर्‍याउने गर्दछ। मुख्यतया बगिरहेको हिउँ र हावाबाट बनेको, ठूला हिमपहिरोहरूमा बरफ, चट्टान र रूखहरूलाई समात्न र सार्न सक्ने क्षमता हुन्छ।[१][२]

हिउँले ढाकिएको बाक्लो पत्रमा अस्थिरता आउनुको विभिन्न कारणहरू हुन सक्छन्। उच्च हिमाल तथा पहाडी भेगमा हिमपात हुँदा उच्च स्थानमा हिउँको बाक्लो पत्र निर्माण हुन सक्छ भने हिउँको मात्रामा वृद्धि हुँदै जाँदा अस्थिरता उत्पन्न भई तल खस्न सक्छ। मानव क्रियाकलापहरू जस्तै, हिउँले ढाकिएको ठाउँमा मानिसहरूको चहलपहल, स्कि खेल तथा हिउँमा चल्ने मोटरगाडीहरू चलाउँदा कम्पन हुने हुँदा हिमस्खलन हुन सक्छ। उच्च हिमाली तथा पहाडी भेगहरूमा सडक निर्माणका लागि गरिने बम बिस्फोट र भूकम्पले पनि हिमस्खलन निम्त्याउन सक्छ। साधारणतया मानिसहरूको चिच्याहाटका कारणले पनि हिमस्खल हुनसक्ने भनिएता पनि हिमस्खलन गराउन सक्ने दबाब ध्वनिमा नहुने हुँदा यस धारणलाई वैज्ञानिकहरूद्वारा अस्वीकार गरिएको छ। हिमाली क्षेत्रमा हिमपहिरो जीवन र सम्पत्तिको लागि सबैभन्दा गम्भीर प्राकृतिक खतराहरू मध्ये एक हो, त्यसैले हिमपहिरो नियन्त्रणमा ठूलो प्रयासहरू गरिन्छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. McClung, David and Shaerer, Peter: The Avalanche Handbook, The Mountaineers: 2006. आइएसबिएन ९७८-०-८९८८६-८०९-८
  2. "Qu'est-ce qui est NOUVEAU dans la description du danger d'avalanche ?", मूलबाट १७ अप्रिल २००५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १७ अप्रिल २००५ मिति
  3. Louchet, Francois (२०२१), Snow Avalanches, Oxford University Press, पृ: 1–2, आइएसबिएन 9780198866930, डिओआई:10.1093/oso/9780198866930.001.0001